होटलका कर्मचारी कडेँल मृत फेला

झापा, २६ पुस ।झापाको बिर्तामोडमा एक व्यक्ति शंङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । बिर्तामोड –५स्थित न्यू फ्रेण्डसीप होटलमा शिवसताक्षी नगरपालिका–७का उत्तमकुमार कडेँल मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

३४ वर्षीय कँडेल न्यू फ्रेण्डसिप होटलका कर्मचारी थिए । भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । कँडेलको शव पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.