दमक,२६ पुस । झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित मंगलमय माविमा आज आयोजित रक्तदानमा ३८ पिन्ट रगत संकलन भएको छ ।विद्यालयको ५१ औ बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको रक्तदानमा ८ महिलासहित ३८ जनाले रगतदान गरेका थिए । रक्तदान विद्यालयको जुनियर र युवा रेडक्रस सर्कलले आयोजना गरेको हो ।
रक्तदानमा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने, कमल ५ का वडाअध्यक्ष एलवी विष्ट, ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराई, रेडक्रस कमल उपशाखाका सचिव पारषमणि राई, उपसचिव बिष्णु सुब्बा, सदस्यहरु सुरेन्द्र लिम्बू, रबिन कार्की, शिक्षकहरु ओमप्रकाश गौतम, सरोज श्रेष्ठ, विद्याललयका शिक्षक, विद्यार्थीहरु लगायतले रगतदान गरेको युरेशका अध्यक्ष अनिल पराजुलीले बताए । रक्तदाता गौतमको यो संगै ४४ पटक रगतदान हो ।रक्तदाताहरुलाई प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले प्रंशसापत्र वितरण गरेकी थिइन् ।
रक्तदानमा विद्यालयका अध्यक्ष तीर्थ थापा, प्रधानाध्यापक मोहन कुमार बगाले,रेडक्रस दमक रक्तसञ्चार सेवा केन्द्रका प्रमुख सिद्धार्थ दाहाल, विद्यालयका सञ्चालक समिति,शिक्षकहरु,विद्यार्थीहरुको उपस्थिति रहेको थियो । रक्तदान रेडक्रस कमल उपशाखाको सहयोग तथा रेडक्रस दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
