भुमिहीन तथा शिक्षामा स्थानीय सरकार गम्भिर भएन : पाँच दल

दमक,२५ पुस । स्थानीय सरकारले भुमिहीनहरुको समस्यालाई बेवास्ता गरेको तथा शैक्षिक क्षेत्रमा समेत अव्यवहारिक कदम चालेको भन्दै दमक नगरमा क्रियाशील विभिन्न पाँच दलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , संघीय लिम्बुवान मञ्च र जनता समाजवादी पार्टीले आज आइतबार संयुक्त विज्ञप्ती निकालेर त्यस्तो आरोप लगाएका हुन ।
विज्ञप्तीमा राष्ट्रिय भुमी आयोगले दलित भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न गत पुष २० गते कार्य सहमतिमा हस्ताक्षर गर्न गरेको आव्हानलाई वेवास्ता गर्दै हस्ताक्षर नगरेको भन्दै तत्काल नगरपालिकालाई सो सम्बन्धिको सहमति पत्रमा हस्ताक्षर गर्न आग्रह गरिएको छ । त्यसैगरी दमकको हिमालय माविमा दलहरुसंगको सहमति विपरित प्रधानाध्यापक नियुक्ति र ढुकुरपानी माविमा शिक्षक दरबन्दीलाई कट्टा गरि दरबन्दी संयोजनको नाममा अन्यत्र सारिएकोप्रति पनि गम्भिर ध्यानाकर्षण भएको ति दलहरुले जनाएका छन् । दलहरुले दरबन्दी कट्टाको निर्णय तत्काल फिर्ता लिई सो बिद्यालयमा शिक्षक दरबन्दी यथावत कायम राख्न र प्रचलित ऐनको आधारमा यथाशिघ्र बिद्यालय व्यवस्थापन समिति गठन गर्न पनि नगरपालिकाको ध्यानाकर्षण गराइएको उल्लेख छ ।

उनीहरुले आफना जायज माग सम्बोधन नभए त्यसबाट उत्पन्न हुने परिस्थतिको स्वम स्थानीय सरकार जवाफदेही हुनु पर्ने कडा चेतावनी दिईएको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेसका कार्यबहाक नगर सभापति प्रेम भट्टराई, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरे, माओवादी केन्द्रका नगर अध्यक्ष रवि बस्नेत, लिम्बुवान मञ्चका नगर अध्यक्ष याम बहादुर लिम्बु र जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published.