टोलवासीको तर्फबाट सांसद लिम्बूलाई सम्मान

दमक, २५ पुस । नेपाली कांग्रेसकी प्रतिनिधिसभाकी सदस्य समेत रहेकी पार्टीकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू गृह नगर दमकमा सम्मानित भएकी छिन् । दमक ८ स्थित जेसीज मार्गका टोल निवासी सांसद लिम्बूलाई टोलको विकासमा योगदान पुरयाँएको भन्दै टोलबासीको तर्फबाट सम्मान प्रदान गरिएको स्थानीय सन्दिप चापागाईले बताए ।
टोलकी ज्येष्ठ मनमाया थापाको अध्यक्षतामा आइतवार भएको संक्षिप्त कार्यक्रममा टोलवासीको सम्मान ग्रहण गर्दे सांसद लिम्बूले विकास र समृद्धिमा सवैको पहुँच नपुगेसम्म देशले सार्थकता प्राप्त गर्न नसक्ने औल्याउदै त्यसका लागि सवैको पहल खाँचो भएको औल्याईन् । त्यस सम्मान कार्यक्रममा टोलवासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.