
झापा ,२५ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको दाबी गरेका छन्।
नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको आरोप लगाएका हुन् । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गर्दे उनले भने, ‘तानाशाहीलाई असहयोग गर्नु भन्नु स्वाभाविक हो तर कांग्रेसले गरेको त्यस्तो उर्दी लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध हो।’
अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको ओलीले आरोप लगाए।
ओली झापाका चार कार्यक्रममा सहभागी हुने
एमाले अध्यक्ष ओलीका संसद प्रतिनिधी एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार एकै दिन आज पार्टी अध्यक्ष ओली झापाका चार कार्यक्रममा सहभागि हुने छन् । जसअन्तर्गत विहान १२ वजे भद्रपुरमा नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि आफ्नो निर्वाचन क्षेत्र झापा ५ को कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालय र वडा नं २ क्याम्पा स्थित तोपगाछी खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं ४ झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आजै अपरान्ह चार बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए।