
दमक, २५ पुस । झापाको दमकमा प्रदेश १ मा नै पहिलो पटक पवर्तारोहणका लागि चाहिने सरसामाग्रीको व्यवसाय सञ्चालनमा आएको छ । दमक ८ का विसनदिप राई र अविन राईले संयुक्त रुपमा एडभेन्चर इक्युप्मेन्ट सम्बन्धी व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
स्थानीय राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम रु १५ हजार देखि रु ८० हजारसम्मको विभिन्न ब्राण्डका साइकल, साइकिलिङमा आवश्यक पर्ने ब्राण्डेड समानहरु राखिएको छ । करिव रु २५ लाख लगानीमा इक्युप्मेन्टको व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
व्यवसायभन्दा पनि स्वास्थ्यलाई लक्षित गरि दमकमा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरु जुत्ता, झोला, लत्ता कपडा सिलसपिङ ब्याग, हाइकिङ स्टिक, टेन्टलगायतका सामग्रीहरु उपलब्ध गरिएको द्धय व्यवसायीले बताएका छन् ।
पर्वतारोहण सम्बन्धी अनुभव भएका सञ्चालक विसनदिपले भने,–‘ पर्वतारोहण मात्र नभएर हाइकिङमा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित पर्वतारोहणका लागि अपनाउनु पर्ने सर्तकताका बारेमा आवश्यक परामर्श पनि दिदैआएका छौ ।’
उद्घाटनको पहिलो दिन लक्की ड्रमार्फत उपहारको पनि व्यवस्था गरिएको थियो । जसमा दमकका मिलन राईले उपहार प्राप्त गरेका थिए ।