फोटो तथा भिडियो व्यवसायी संघको नयाँ नेतृत्व,अध्यक्षमा भण्डारी

मक ,२४ पुस । फोटो तथा भिडियो व्यवसायी संघ मार्ईपश्चिम समिति दमकको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा सम्पन्न संघको दोश्रो अधिवेशनले फोटो महल दमकका सञ्चालक विनोद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
तीन बर्षे कार्र्यकाल रहने सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्वयमा स्टार फोटो स्टुडियो केर्खाका सञ्चालक चन्द्र फागो, पाथिभरा फोटो स्टुडियो कमल ५ मंगलबारेका सञ्चालक बिरेन्द्र तिवारी ,सचिवमा दमक फोटो स्टुडियोका क्षितिज शाक्य, सह–सचिवमा चाम्लिङ्ग फोटो दमकका सविन चाम्लिङ्ग र कोषाध्यक्षमा चाँदनी फोटो गुड्स दमकका सञ्चालक राजेन्द्र वस्ती चुनिए भने सदस्यहरुमा प्रमोद लिम्बु, सोमनाथ (केशव ) गुरागार्ई, ज्योति श्रेष्ठ, मिलन भण्डारी, सुमन खप्तरी, अम्विका श्रेष्ठ, शुसिला दाहाल ढुङ्गाना र साबित्रा लुर्ईटेल चुनिएका छन् ।
यसैगरि, सोहि अधिबेशनले एक सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ । सल्लाहकारमा लक्ष्मी श्रेष्ठ, कुुमार चाम्लिङ्ग, दुर्गा शाक्य, होम श्रेष्ठ, हरी रार्ई र नेत्र कार्की रहेका छन् । बनभोजसहितको अधिबेशनमा दमक,कमलका फोटो तथा भिडीयो व्यवसायीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.