कमल स्वयं सहायता अपाङगता कृषक समूहको समिति

सचिव खड्कालाई फूल दिदै

कमल ,२४ पुस । कमल गाउँपालिका ६ स्थित कमल स्वयं सहायता अपाङगता कृषक समूहको अध्यक्षमा टंकप्रसाद बराल चुनिएका छन् । शुक्रवार सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले बरालको अध्यक्षतामा पुनः कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत चयन गरिएको समितिको सचिवमा लंकबहादुर खड्का,कोषाध्यक्षमा प्रमिला खरेल र सदस्यहरुमा बास्की सन्थाल,सुर्य दर्जी,मनोज कर्मकार ,रोहिनी गौतम ,बिमला सुवेदी मल्ल , रेखा अधिकारी लगायत चुनिएका छन् । सोहि अवसरमा कृषि समूहले लखनपुर साझा कपडा बैकमार्फत अति विपन्न परिवारलाई जाडोका लागि न्यानो कपडा समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.