प्याव्सन दिवसमा आश्रमलाई सहयोग

दमक,२४ पुस । ३१ औ प्याव्सन दिवसको उपलक्ष्यमा आज दमक -४ स्थित रत्न ज्येष्ठ बृद्धाश्रमका ज्येष्ठहरुलाई जाडोका लागि न्यानो कपडा प्रदान गरिएको छ ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याव्सन ) को ३१ औ प्याव्सन दिवसका अवसर पारेर दमक प्याव्सनले आश्रमका ११ जना ज्येष्ठ आमाबुबालाई स्वीटर,टोपी लगायतका लत्ताकपडा हस्तान्तरण गरिएको प्याव्सन दमकका अध्यक्ष जनार्दन मैनालीले बताए । त्यस्तै, आश्रमलाई ज्येष्ठहरुको भोजनका लागि चामल,तेल,दाल,नुन,फलफूल लगायतका खाद्यान्नसहित नगद रु ३ हजार रुपैया समेत हस्तान्तरण गरिएको थियो ।
सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा प्याव्सन झापाका सल्लाहकार संयोजक कोषराज प्याकुरेल,सल्लाहकार एलडी राई, प्याव्सन दमकका पदाधिकारी तथा सदस्य,सञ्चारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो । यसैगरि आजनै चुलाचुलीस्थित चपेटीमा पारिवारिक बनभोजको समेत आयोजना गरिएको प्याव्सन दमकका सचिव नवीन योगीले बताए ।

Leave a Reply

Your email address will not be published.