पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु

पाँचथर,२४ पुस । भीरबाट लडेर पाँचथर, फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको मृत्यु भएको छ ।

आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका तामाङको उपचारका लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.