बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु

इटहरी ,२३ पुस । इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । इटहरी वडा नं २० तरहरास्थित पानीपियामा बसको ठक्कर दिदाँ बिहीबार राति ७:१५ मोटरसाइकलमा सवार दुईजनाको मृत्यु हो । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका- ७ बस्ने २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैँचा -५ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । गम्भीर घाइते भइ उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाएकोमा दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक इटहरी- ४ बस्ने ४४ वर्षीय टीकाराम चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.