दमक,२२ पुस । दमक बहुमुखी क्याम्पस कर्मचारी संघको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न संघको आठौ साधारण सभाबाट हरिप्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा सुर्य सिगु, सचिवमा टोमनाथ दाहाल,सहसचिवमा विक्रमकुमार खवास र कोषाध्यक्षमा नविन ढुंगाना चुनिएका छन् । यसैगरि सदस्यहरुमा लक्ष्मी वुढाथोकी,पार्वता तामाङ,सुयोग भट्टराई र निर्वतमान अध्यक्ष अञ्चलबहादुर धिमाल (पदेन ) रहेका छन् ।