झिलझिले, २२ पुस । जिल्लाको शिवसताक्षीस्थित धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
आज सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेद्धवारी मनोनयन दर्ता प्रकृयामा तीन जनाले अध्यक्ष पदका लागि उम्मेदवार दिएका हुन् ।निर्वाचन समितिका संयोजक दीपक कुमार न्यौपानेका अनुसार अध्यक्ष पदका लागि शिबसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल, निवर्तमान अध्यक्ष तुलाराम बोखिम र निवर्तमान उपाध्यक्ष उदयप्रकाश राईले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदकी प्रत्यासी नेपाल शिबसताक्षी नगरकी पूर्व उपप्रमुख हुन । उनले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी हुन् ।अध्यक्षका अर्का प्रत्यासी राई सताक्षीधामका निर्वतमान उपाध्यक्ष रहेर शैक्षिक तथा सहकारीका क्षेत्रमा क्रियाशील छन् । त्यस्तैं, नेपाली कांग्रेसका युवा नेता बोखिम होटल तथा निर्माण व्यवसायी हुन् ।
संस्थामा १३ पदका लागि २९ जनाको उम्मेद्धवारी दर्ता भएको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिए । जसअनुसार उपाध्यक्षमा कृष्ण प्रसाद खरेल र मोहनप्रसाद पौडेल, सचिवमा मोहन राई ,कालिप्रसाद रिजाल , सहसचिव पदमा डिकबहादुर बुढाथोकी, भगिरथ घिमिरे र मदनमोहन अधिकारीले उम्मेद्धवारी दर्ता गराएका छन् ।
त्यस्तैं, संस्थाको कोषाध्यक्षमा झमकबहादुर गौतम र भीमबहादुर कार्कीले उम्मेद्धवारी दर्ता गराएका छन् ।त्यसैगरी, दुई जना महिला सदस्यका लागि खनिमाया श्रेष्ठ, दिलकुमारी बस्नेत, निर्मला यादब र ललिता सापकोटाको उम्मेदारी दर्ता भएको छ ।
यता, ६ जना खुल्ला सदस्यतर्फ १३ जनाको उम्मेद्धवारी परेको छ । खुल्ला सदस्यमा कुवेरप्रसाद लुइटेल, गणेशप्रसाद भेट्वाल, गोकुलप्रसाद पौडेल, गंगाप्रसाद तिम्सिना, डम्बरबहादुर दाहाल, डिल्लीराम भण्डारी, दाताराम बिष्ट, धनबहादुर पराजुली, प्रकाश श्रेष्ठ, मनबहादुर थापा, योगनिधि बास्तोला, सन्तकुमार आङ्देम्बे र सन्तकुमार राईको उम्मेदवारी दर्ता भएको छ ।
दुई बर्षे कार्यकालका लागि हुने संस्थाको निर्वाचन पुस २७ मा हुदै छ । निर्वाचनमा यस पटक नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेद्धवारीहरु चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा संस्थामा आवद्ध १८८३ जना आजीवन सदस्य मतदाताहरु छन् ।