निर्माणाधीन माङहिमको निर्माण कार्य पुनः शुरु

दमक,२१ पुस । झापाको कमल गाउँपालिका ७ मेमेङ टोलमा निर्माणाधीन किरात युमा माङहिम(मन्दिर )को भवन निर्माण कार्य पुनः शुरु भएको छ ।
वजेट अभावका कारण रोकिएको निर्माणाधीन माङहिमको निर्माण कार्य शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्णकुमार मावोले बताएका छन् । उनका अनुसार यसका लागि यसबर्ष गाउँँपालिकाको रु १ लाख ५० हजार वजेट मार्फत छानोको काम शुरु गरिएको हो । यसअघि गाउँपालिकामार्फत दुई आर्थिक बर्षमा गरि कुल ६ लाख ५० हजार रुपैया उपलव्ध गराएको थियो । त्यतिका वजेटले माङहिमको मुख्य संरचना निर्माणाधिा अवस्थामा रहेको उनले बताए ।
माङहिमका अध्यक्ष भिमराज लिम्बूले तीन वर्षदेखि निर्माण शुरु गरिएको माङहिम सम्पन्न गर्न कम्तिमा करिव ४० लाख खर्च लाग्ने अनुमान गरिएको र हालसम्म लक्ष्य अनुसार ३० प्रतिशत मात्र काम भएको जानकारी दिए । पालिकासहित स्थानीय भक्तजन तथा स्वदेश ,विदेशमा बस्दैआएका नेपालीहरुसंग सरसहयोग जुटाएर बनाउने लक्ष्य राखिएको अध्यक्ष लिम्बूले बताएका छन् । उनले भने, –‘माङहिम सम्पन्न गर्न सवैसंग आर्थिक सहयोगका लागि अपेक्षा गरेका छौ ।’
यसैवीच, माङहिमको काममा सहयोग पुरयाँउन विभिन्न दाताहरुबाट समेत सहयोग जुट्दै गएको छ । रोजगारीका सिलसिलामा विदेशमा पुगेका स्थानीय दााताहरुले करिव ३ लाख उपलव्ध गराउने प्रतिवद्धता जनाईसकेका छन् भने स्थानीहरुबाट भेटीमार्फत सहयोग संकलन गर्ने कार्य भईरहेको अध्यक्ष लिम्बूले जनाएका छन् ।
मन्दिर निर्माणका लागि झापा,शिवसताक्षी दुधे निवासी पूर्व व्रिटीस आर्मी समाजसेवी सिंहवीर थाम्सुहाङ र श्रीमती चिताहाङमा केरुङ (थाम्सुहाङ ) दम्पत्तीले रु ५१ हजार,दमक ५ निवासी हर्कप्रसाद केरुङबाट रु ५ हजार ५ ,कमल ५ निवासी हुकुमसिंह राईबाट ५ हजार, पाडाजुंगी निवासी व्यवसायी प्रेम कार्कीबाट ५ हजार, कमल ७ फूलवारी निवासी रनबहादुर राई र श्रीमती देउमाया लिम्बूबाट रु ७ हजार १ सय र कमल ७ कै समाजसेवी नरसिंह केरुङ (बगाले माइला ) र राजिन्द्र केरुङबाट एकमुष्ठ रु १० हजार सहयोग प्राप्त भएको माङहिम निर्माण समितिकी कोषाध्यक्ष नन्दकुमारी लिम्बूले बताईन् ।
यसैवीच , माङहिम समितिले विगत तीन वर्ष देखि निर्माणाधीन अवस्थामा रहेको माङहिमको काम सम्पन्न गर्न त्यतिका वजेटले मात्र पूरा हुन नसक्ने भएकाले माङहिम निर्माणका लागि आफूले कवुल गरेको तथा सबै सरोकारवाला,शुभेच्छुक धर्मनुरागीहरुबाट समेत आर्थिक सहयोग पुरयाँई दिन हुन सादर अनुरोध गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.