बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

पथरीशनिश्चरे,२१ पुस । मोरङको पथरीशनिश्चरे ४ न. वडा कार्यालयले हरेक वर्ष आफ्नो वडाभित्रको भागीरथ माध्यमिक विद्यालयका बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
वडा कार्यालयले कृषि पेशा प्रति आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बालीविज्ञान अध्ययनरत सुजता अछामीलाई नगद ४० हजार, बन्दना सुवेदीलाई ४० हजार र अभिषेक ठटाललाई २० हजार रुपैया छात्रवृति प्रदान गरिएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१- २०८२ को कुल १ लाख रुपैयाँ बजेटबाट कृषि बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ । कृषि क्षेत्र अझैपनि व्यवसायिक हुन नसकेकाले यस कृषि क्षेत्रमा प्रोत्साहित गराउन वडाले आफनो सिलिङ वजेटबाट कृषि विज्ञ तथा प्राविधिक उत्पादन गरिरहेको बताए ।
उनले कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेर वडाले यो कार्यक्रम सञ्चालनमा ल्याएको उनले उल्लेख गरे ।
उक्त विद्यालयले केही वर्ष यतादेखि बाली विज्ञान विषयमा अध्यापन गराउँदै आएको छ । यो विषयमा उतीर्ण कुनै एक जनशक्ति ( कृषि प्राविधिक) लाई आगामी दिनमा वडा कार्यालयले न्युनतम
पारिश्रमिक दिएर ‘स्वयंसेवक कृषि प्राविधिक’ नियुक्त गरी वडाका किसानहरूको व्यवसायिक तथा वैज्ञानिक खेती प्रणाली तर्फ आकर्षित गर्न परिचालन गर्ने उद्देश्य रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.