दमक,२१ पुस । दमकबाट प्रतिबन्धित ब्राउनसुगरसहित बुधबार एक जना युवतीसहित दुई जना पक्रा परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बुधबार साँझ ६ः३० बजे मे. ७ प ५१०७ नम्बरको मोटरसाइकल चालक धनराज आलेलाई ८ सय मिलिग्राम प्रतिबन्धित ब्राउनसुगर फेला परेको थियो ।
३९ वर्षीय आलेको स्थायी घर इलामको फाकफोकथुम गाउँपालिका ४ हो भने उनी दमक- १ स्थित कुमाल चोकमा बसोबास गर्दै आएका थिए ।यस्तै, बुधबार साँझ ७ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चिया दोकानमा बसिरहेको अवस्थामा दमक ९ की २६ वर्षीया अनिशा कार्कीलाई पनि ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार अनिसाको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।