प्रदेश एकमा राष्ट्रिय सभाका लागि उम्मेदवारले मनोनयन दर्ता गराए

उम्मेदवारी दर्ता गर्न पुगेका सत्तारूढ गठबन्धनका नेताहरू।

झापा,२० पुस । प्रदेश -१ मा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। नेकपा एमालेका तर्फबाट खुलातर्फ गुरू बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन्।
यस्तै सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त रहेको खुला, महिला र अल्पसंख्यक वा अपांग सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ।

Leave a Reply

Your email address will not be published.