झापा,२० पुस । कोशी प्रदेशकै ठुलो सौर्य उर्जा कम्पनी झापा इनर्जीले गत मंसीर मसान्तसम्म १ करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत उत्पादन गरेको छ ।
सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारासहित स्थापना गरिएको सौर्य उर्जा कम्पनी १० मेगावाट क्षमताको हो । उक्त परियोजनामा बैंकबाट ७५ र लगानीकर्ताहरुबाट २५ प्रतिशत लगानी गरिएको छ ।
गत वर्षको माघ १० गतेदेखि झापा इनर्जीले ९ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँको सौर्य उर्जा विक्री गरेको हो । बिर्तामोडमा सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार ०७५ मा स्थापित झापा इनर्जीले आइपीओ जारी गर्ने तयारी गरेको छ ।
सौर्य उर्जा परियोजना सञ्चालनका शिवसताक्षी -४ स्थित बोलोचोकमा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गामा खरिद गरिएको थियो । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ । छैटौं वार्षिक साधारणसभाका अवसरमा आइपीओ जारी गर्ने जनाएको हो ।
कम्पनीले उर्जा उत्पादन लगत्तै मुनाफा गर्न सफल भएको अध्यक्ष एलपी साँवाले जानकारी दिए । अध्यक्ष तथा संघीय सांसद साँवाले समृद्ध राष्ट्र निर्माणमा टेवा पुराउन सौर्य उर्जा उत्पादन गरिएको जानकारी दिए । उनले उर्जा र पर्यटन क्षेत्रका गरिने लगानीले मात्रै राष्ट्रलाई समृद्ध बनाउन सक्ने बताए । अध्यक्ष साँवाले भने,«‘ आम्दानीको ३ महिनाको लगानी उर्जामा लगानी गर्नुहास्, इन्भेष्टमेन्ट गर्नुहोस् । बाँकी रहेको रकमले परिवार चलाउनुहोस् ।’
साँवाले कम्पनीको अधिकत पुँजी ४० लाख बित्ता बराबर प्रति शेयर रु १०० का दरले ४० करोड रहेको जानकारी दिए । कम्पनीको जारी पुँजी ३८ करोड १ लाख ९ हजार रहेको अध्यक्ष साँवाले बताएका छन् । जारी गरिएको पुँजी मध्ये यस कम्पनीको संस्थापक शेयर धनीहरुले ७५ प्रतिशतले हुन आउने २८ करोड ५१ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको शेयर कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र सर्वसधारणहरुका लागि जारी गरिएको अध्यक्ष साँवाले जानकारी दिएका छन् ।
कम्पनीले परियोजनाका निर्माणका लागि शिवसताक्षीमा १० बिघा १७ कठ्ठा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इण्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिघा १३ कठ्ठा ११ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरी निर्माण कार्यको थालनी गरेको थियो ।
उक्त आयोजनाबाट उत्पादन भएको बिद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत दमक बितरण केन्द्र अन्र्तगत बुलुचोक सब–स्टेशनस्थित राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उक्त आयोजनाको प्रशारण लाइन ९६६ मिटर मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।