कृषि उपजलाई अग्र्यानिक बनाइने छ :उपप्रमुख भट्टराई

दमक,२० पुष । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई अग्र्यानिक उत्पादन बनाउने बताएकी छन् ।दमक- ९ स्थित सेतुमारी कृषि सहकारी संस्थाले आज आयोजना गरेको प्राङ्गारिक खेती सम्बन्धी अन्तरक्रियामा बोल्दैे उनले अग्र्यानिक खेती प्रवद्र्धनका लागि नगरपालिकाले कार्यबिधि यहि आर्थिक बर्ष भित्रमा निर्माण गरिसक्ने बताईन् ।
दमक ९ लाई अग्र्यानिक खेतीका लागि नमूना वार्ड बनाउन आफुले पहल गर्ने उनले प्रतिबद्धता जनाईन् । उनले कार्यबिधिका आधारमा वडा नम्बर ९ लाई नमूना वडाका रुपमा क्षेत्र छुट्याएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक दिपक खनालले प्राङ्गारिक कृषिको आधार पत्र प्रस्तुत गरेका थिए । आधार पत्रमा कार्यक्षेत्रमा देखिएका समस्या, समाधानका लागि हालसम्म गरिएका प्रयास, चुनौती र अवसरसँगै आगामी दिनमा के के गर्न सकिन्छ भन्ने बिषयहरु समेटिएको थियो । कार्यक्रममा कृषकहरुले अग्र्यानिक उत्पादनमै समस्या रहेको उल्लेख गर्दै प्रबिधि र प्राबिधिकको अभावसँगै बजारीकरणको समेत समस्या रहेको औल्याएका थिए ।
संस्थाका अध्यक्ष सोमराज तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई, वडा नम्बर ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराई, ओएपी नेपालका सचिव सुजन आचार्य लगायत वडा नम्बर ९ मा रहेका टोलबिकास संस्थाका अध्यक्षहरु र कृषकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.