रेडक्रस दमक उपशाखाको सभापतिमा पुनः बुढाथोकी

दमक,२० पुस । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सभापतिमा पुनः प्रकाश बुढाथोकी चुनिएका छन् ।उपशाखाको आज सम्पन्न निर्वाचन कार्यक्रमबाट सभापतिसहित उपसभापति, कोषाध्यक्ष र उपकोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी मित्रदेव काफ्लेले जानकारी दिए ।
उनका अनुसार निर्विरोध निर्वाचित हुनेमा सभापतिमा बुढाथोकीसहित ,उपसभापतिमा गोमादेवी प्रसाई (बुढाथोकी ) ,कोषाध्यक्षमा सिता कार्की र उपकोषाध्यक्षमा प्रकाश बस्नेत रहेका छन् । ११ सदस्यीय रहने कार्यसमितिको सचिव , उपसचिवसहित महिला सदस्य तथा सदस्यहरुमा भने मतदान हुने भएको छ ।
सचिवमा हालका सचिव घनश्याम कोइरालासंगै तिर्थराज बस्नेत (शंकर ) को उम्मेदवारी परेको छ । बस्नेत उपशाखाका सदस्य हुन् । यसैगरि , उपसचिवमा बबरजंग थापा (किरण ) र अनिल सुवेदीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा मैना दाहाल र दुर्गा चुडाल र चार जना सदस्यका लागि सर्वकुमार कार्की,डा.सुर्यनारायण साह,पारषमणि आचार्य, सुमनकुमार नेपाल,सुरेन्द्र कुमार श्रेष्ठ र ध्रुवप्रसाद न्यौपाने गरि ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकारी काफ्लेले बताएका छन् ।
निर्विरोध नभएका सवै पदहरुको निर्वाचन यहि पुस २३ गते आफनै सभाहलमा हुने जनाईएको छ । निर्वाचनमा उपशाखामा आवद्ध १३ सय बढी आजीवन सदस्यले मतदान गर्ने छन् । २०५० सालमा स्थापना भएको रेडक्रस दमक उपशाखा देशकै जेठो उपशाखा हो ।

Leave a Reply

Your email address will not be published.