सवारी दुर्घटनामा लिम्बूको ज्यान गयो

झापा,१९ पुस । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित झिलमिले पुल नजिक सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।मंगलवार दिँउसो करिब १ः३० बजे तिर प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर र को.२० प.३२७८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकलका चालक मोरङ ,केराबारी गाउँपालिका ८ का २१ बर्षिय योसन लिम्बूको मृत्यू भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा पछाडी सवार मोरङ , बेलबारी नगरपालिका वडा न. ४ की १७ वर्षिया लिला श्रेष्ठलाई उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले ट्याक्टर चालक इलाम ,रोङ गाउँपालिका ४ का ३३ बर्षिय डिल्ली बहादुर लेप्चालाई अनुसन्धानका लागि बुधबारे प्रहरी चौंकीले नियन्त्रणमा लिएको जनाएको छ ।

करेन्ट लागेर भण्डारीको मृत्यु
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ९ त्रिशुले स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ बर्षीय शिब कुमार भण्डारीलाई उपचारका लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.