दमकमा खाल्डाखुल्डोका कारण जोखिम बन्दै

दमक,२७ असार । दमकमा बैकल्पिक उर्जामार्फत घरघरमा ग्याँस पुरयाँँउनका लागि निर्माणाधीन संरचनाको कामले जोखिम गराउन थालेको छ ।
नगरपालिकासंग संझौता गरि सञ्चालित परियोजनाले केहि महिनादेखि बाटोमा पाइप विछ्याउने र अन्य आवश्यक संरचना निर्माण गर्न थालेपछि सडक साघँरिनुका साथै खाल्डाखुल्डोले बर्षामा थप समस्या बन्न थालेको हो । सडकमा खाल्डो खन्ने गरेका कारण पनि बर्षायाममा यतिखेर धेरै कालोपत्रे सडक हिलाम्मे संगै पानी नपर्दा धुलोले स्थानीयहरु सास्ती खेप्न बाँध्य हुदैआएका छन् ।
दमक- ९ स्थित बुद्ध चौकमा सोहि परियोजनाको कामले बाटो मर्मत संभार नगर्दा एम्बुलेन्स नै भासिन पुगेको स्थानीय समेत रहेका हरि हेमा स्मृति प्रतिष्ठानद्धारा सञ्चालित एम्बुलेन्का चालक टंक ढकालले गुनासो गरेका छन् । गएराती दमकको बेलडाँगीबाट कोभिडका विरामीलाई पुरयाँएर घर आउदाँ घर अगाडीको खाल्डोमा भासिन पुगेको उनले सुनाए । घर अगाडी सोहि काम गरेपनि खाल्डो व्यवस्थित नगर्दा रातभरि एम्बलेन्स फसेको उनको गुनासो छ । उनले भने, –‘खाल्डो पुर्नका लागि त्यहाँ खटिएका श्रमिकलाई पटक पटक भने भने कसैले चासो नदिदाँ एम्बलेन्स रातभरि फस्न पुग्यो’
उनले रातभरि एम्बलेन्सका लागि फोन आएपनि आफूले सेवा दिन नसकेको बताए । तर विहान मात्र नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका एउटा गाडीको सहयोगमा फसेको एम्बलेन्स तानेर निकालेको वताए । आफनो एम्बुलेन्स रातरि फस्यो,तर खाल्डोमा भवितव्य हुन सक्ने जोखिम आए कसले जिम्मा लिने त्यसवारे सम्बन्धित पक्ष गंभीर हुनुपर्ने उनको सुझाव छ ।
दमकमा परियोजनाको कार्य राम्रो शुरुवात भएपनि निर्माणको जिम्मा पाएको कम्पन्नीले संरचना निर्माण,त्यसको मर्मत व्यवस्थापनका काममा भने चासो नदिदाँ दमकका शहरी बस्तीका सडकको अवस्था जीर्ण वन्दै गएको स्थानीयको गुनासो छ ।
दमकमा निर्माण शुरु सो परियोजनाको स्थानीयलाई समेत पत्तो छैन् । तीन वर्षका लागि संरचना निर्माण गरिसक्ने जिम्मेवारी दिएको भएपनि इजाजत पाएको निर्माण कम्पन्नीले कतै पनि कामको विवरण सार्वजनिक रुपमा टाँस समेत गरेका छैनन् । नियमानुसार,निर्माणका काम गर्दा सम्बन्धित पक्षले विस्तृत कार्य योजना सार्वजनिक गर्नुपर्छ ।
परियोजनाले दमकको मुख्य शहरी क्षेत्रहरु वडा न.५, ६,८,९ मा धमाधम काम गरिआएको छ । कतिपय सडकमा पाईप र अन्य संरचना बनाईसकेपनि नपुर्दा बर्षामा थप जोखिम गरेको दमक ८ का सन्त लिम्बूले वताए । काम गरेसकेपछि खाल्डोको भाग नपुर्ने गर्दा सडकमा आउजाउमा नै समस्या परेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.