
दमक, २६ असार । झापा र मोरङलाई जोडन दमक १० सेतुमारी र मोरङको उर्लावारी ९ राजघाटलाई जोडनेगरि मावा खोलामा निर्माण भएको पुल सञ्चालनमा आएको तिन वर्षपनि पुरा नहुदै भत्किन थालेको छ । पुल भत्किन शूरुगरेपछि दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीयवासी चिन्तीत बनेका छन । दातृ निकायको सहयोगमा सो स्थानमा ७५ दशमलव ४५ मिटर लामो पुल निर्माण सम्पन्न भोइ सञ्चालनमा आएको थियो । पुलको दमक खण्ड तर्फको पूर्वीभागको ग्याविन भत्किएपछि सडक भासिएको छ ।

सडक भासिएसंग सो पुलमा अहिले एक तर्फिमा यातायात सञ्चालन हुदैआएको र यहि अवस्था रहे अबको केहि दिन भित्रमानै पुरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अबरोध सृजना हुनसक्ने खतरा रहेको स्थानीयबासीको भनाई रहेको छ । झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रे समेत भइसकेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भट समेत निर्माण भएको छ।
पुल नबन्दासम्म वर्षायाममा साविक दमक–१९ र राजघाट–६ का बासिन्दाले वारिपारि गर्न घण्टौ लगाएर ३० किलोमिटरको यात्रा तय गर्नुपर्थ्यो। तर त्यस स्थानमा पुल बनेसंगै खुशी देखिएका स्थानीयबासी पुन निराश हुन थालेका छन ।

२०७१ को चैतमा एमाले अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको पुल बिटी निर्माण सेवाले निर्माण सम्पन्न गरिसकेको भएपनि अझै उद्धघाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार सरकारले चार करोड ४० लाखमा २०० मिटर लामो पुल बन्नुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ। पुल निर्माणसम्पन्न संगै दमक विराटनगरको दुरि करिब ३० किलो मिटर छोटिएको भएपनि पुलको संरक्षणमा दमक र उर्लावारीका स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकीरहेको स्थानीयबासीको भनाई रहेको छ ।