यस पटक देखिएको कोरोना संक्रमण, बच्ने उपाय र उपचार

गतवर्षको मंसिरदेखि चिनको बुहानबाट फैलिएको कोरोना(कोभिड १९) भाइरसले विश्वलाई नै आतंकित पारेको छ । सन् २०२० मै धेरैको ज्यान लिएको र जीवनयापनमा ठूलै संकट ल्याएको यो भाइरुस एक वर्षपछि केहि परिवर्तित रुपमा र चाडै मानव शरीरमा कडा प्रभाव पर्न सफल भएर पुनः समुदायसम्म फैलिएको छ । र धेरैको ज्यान लिइरहेको हामीले देखिरहेका भोगीरहेका छौं । दक्षिण एशियाली मुलुकमा महामारीको रुपमा फैलिएको दोस्रो लहरले सबैलाई चिन्ताको विषय बनाएको छ ।

कोरोना भाइरस अत्यन्तै सुक्ष्म भए पनि यो धेरै चाडो फैलिने र शरीरमा प्रवेश गरेपछि सजिलै नपखालिने र नमर्ने हुन्छ । यदि नाक, मुख ,कान आँखामा प्रवेश पाएमा यसको वंश वृदि चाडो हुन थाल्छ । यसको बनावटमा बाहिरी परत चिल्लो पदार्थले, त्यसभित्र प्रोटिन र अन्त्यमा आरएनएले बनेको हुन्छ । त्यसैले जहाँ बस्यो त्यही टासिने हुँदा साबुन पानीले मिचिमिची हात धुनु पर्छ या अल्कोहलको मात्रा धेरै भएको सेनिटाइजरले हात सफा गर्नु पर्छ । यसो गरेमा भाइरस नष्ट भएर जान्छ र हामी संक्रमणबाट बच्न सक्छौं । हाम्रो शरीरले आप्mनै कोष सम्झेर यसको विकासलाई अवरोध गर्दैन । जसका कारण जिवाणुको संक्रमण जस्तो सुन्निने त्यो ठाउँमा दुख्ने हुदैन र हामी यसको विस्तारलाई थाहै पाउँदैनौं । यो भाइरस पूर्ण रुपमा फैलिसकेपछि मात्र शरीरले बाहिरी तत्त्व भएको कुरा थाहा पाउँछ र लक्षणहरु देखाउँन थाल्छ । पोहोर सालको कोरोना संक्रमणको लक्षण भन्दा यसपालि फैलिएको कोरोना संक्रमणका लक्षणहरु भिन्नै र चाडै शरीर सिथिल बनाउने प्रकृतिका छन् । शरीर अस्वस्थ भएको केहि घण्टामै ज्यान गएका घटना पनि सर्वजनिक हुन थालेका छन् । हाम्रो शरीरमा कहिले प्रवेश गर्यो र कसरी यसले वंश विस्तार गर्यो भन्ने थाहा नपाउदै हामीलाई असहज हुँने या ज्यान नै जोखिममा पर्ने हुँदा हामीले सजग रहेर आप्mनो दैनिकीमा लाग्नु उचित हुन्छ ।

लक्षणहरु : यो वर्ष देखिएको कोरोना भाइरसका लक्षणहरु भिन्न छन् । पछिल्लो वर्ष जस्तो लामो समय ज्वरो या उच्च ज्वरो नआउँन पनि सक्छ । मुखको स्वाद नहराउँन पनि सक्छ । तर पखाला लाग्ने, आँखा राता हुँने, रुघा लाग्ने, ज्वरो आउने, शरीर चाडै सिथिल हुने, भोक हराउँने जस्ता लक्षणसँगै मअत्वपूर्ण लक्षणमा खोकी लाग्ने जीउ दुख्ने, डाबर आउने, आँखा राता हुँने, सासा फेर्न काठिन हुने, शरीरमा अक्सिजनको मात्रा कम भएर जाने, फोक्सामा निमोनिया देखिने र मानिसको मृत्यु पनि हुने गरेको देखिएको छ ।

कस्तो अवस्थामा घरमै र एक्लै बस्ने ? यदि तपाई कतै बाहिरबाट आउनु भएको छ । संक्रमित धेरै भएको जस्तै अस्पताल, भिडभाड या बिबाह अदि या संक्रमितलाई भेटेर आउनु भचएको छ भने सकेसम्म आफु अलग्गै बस्ने । आप्mना सामान अलग्गै राख्ने, साबुन पानीले धुने या निसंक्रमण गर्ने । आफुले पनि राम्रौसँग नुहाउने । घरमा बस्दा पनि मास्क लगाउने । विशेष गरेर खोक्दा या हाच्छिउँ गर्दा भाइरस हावामा पुग्ने र नजिकैको साथी या परिवारका सदस्यसम्म पुन्न हुँदा रोकथाम भनेकै अलग बस्नु र मास्क लगाउनु हो ।

यदि कुनै लक्षण देखिएमा कोरोना परिक्षण गराउनु उचित हुन्छ र रिपोर्ट नआउन्जेल सकेसम्म अलग्गै बस्नु तपाई र परिवार अनि साथीभाईकालागि सुरक्षित उपाय हो । अझ लक्षणहरु जस्तै ज्वरो, रुघा, जिउ दुख्ने, अरुची पखाला आदि देखिएमा त डाक्टरको सम्पर्कमा रहुन पर्छ । उनको निर्देशन अनुसार औषधी सेवन गर्नुपर्छ । साथमा शरीरमा अक्सिजन लेवल कति छ भनेर जाँच गर्ने अक्सिमिटर राख्नु उचित हुन्छ । यदि यो साधन छैन भने लामो सास तान्ने र फ्रयाक्ने गर्दे कति समयसम्म सास रोक्न सकिन्छ हेर्ने । यसले कम्तिमा पनि आधा मिनेट भन्दा माथि सास रोक्न सकिन्छ भने फेक्सोमा संक्रमण नफैलिएको बुभ्mन सकिन्छ । तर यतिले मात्र ढुक्क भएर बस्नु हुँदैन । एक्लै बस्दा पनि चिन्तित नभई समान्य व्यायाम गर्ने, यो समय पनि कटि हाल्छ । सहज समय आउँछ । म पुनः समाजमा र घरपरिवारसँग घुलमिल हुन पाउँछु । बरु अहिले नै घुलमिल भएमा परिवारका अन्य सदस्य र साथीभाईलाई पनि असहज हुनसक्छ भन्ने सम्झिनु पर्छ । सकारात्मक सोच, हलुका व्यायाम, मनपर्ने पुस्तक पढाई र पोसिलो र ताजा खान खाएमा मात्रै पनि ९५ प्रतिशतले घरमै बसेर कोरोना संक्रमणलाई जित्न सकिन्छ । मात्र सर्तकता आत्माबल र ज्वरो, अक्सिजन लगायतको राम्रो ख्याल गर्नु आवश्यक हुन्छ ।

त्यसैले ६ वटा कुरालाई जोड दिदै सरुवा रोग विशेषज्ञ चिकित्सकले भनेका छन् । मेन्टेन डिस्टेन्स र आइसोलेसन । मेन्टेन फुड । मेन्टेन अक्सिजन । मेन्टेन बडी ट्याम्प्रेचर । मेन्टेन टेष्ट । र मेन्टेन टेन्सन अथवा फियर । मेन्टेन डिस्टेन्स या आइसोलेसन भनेको भौतिक दुरी पर्दछ । संक्रमित र सम्भावना भएका जो कोही पनि कम्तिमा खोक्दा हाच्छिउँ गर्दा सिधा नाक मुखमा थुक या सिगान नपुग्ने गरी बस्नु उत्तम हो । माक्स लगाएर कम्तिमा २ मिटरको दुरीमा बस्न सकिन्छ । सकेसम्म आफु या शंका लागेका र संक्रािमतलाई एक्लै, अलग्गै राख्नु पर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । चर्पी सकेसम्म बेग्लै प्रयोग गर्ने सम्भव नभए संक्रमित या सम्भावना भएकाले निस्किने बेलामा साबुन पानीको फिजले सबैतिर पखालेर मात्र निस्कने र भए फिनल पानी प्mयाक्ने । हातले छुने ठाउँमा झनै राम्रोसँग धुने र सेनिटाइज गर्ने । आफुले खाने थाल बटुका राम्रोसँग धुने । सम्भन भए घाममा सुकाउँने । संक्रमितले पनि खुल्ला कोठामा बस्ने घाम ताप्न सके धेरै राम्रो । संक्रमितले सफा शुद्ध र पोशिलो खान खाने । खाना खादा म अम्रित खादै छु । यसले मेरो रोग ठीक हुन्छ भनेर विधातालाई सम्झेर खाने । पानी आवश्यक मात्रामा पिउँने । शरीरमा अक्सिजनको मात्रा के छ भनेर अक्सिमिटरले नाप्ने । सो उपलब्ध नभएको अवस्थामा गहिरो सास लिदै छाडदै गरेर सास रोक्ने । कम्तिमा पनि आधा मिनेट भच्दा धेरैबेर सास रोक्न सकेमा फेक्सो ठीक रहेको मान्न सकिन्छ । तर यसैमा मात्र भर पर्नु हुदैन । यसरी नै शरीरको तापक्रम नाप्न विर्सनु हुँदैन । ज्वरो देखिएमा सहजै उपलब्ध हुँने सिटामोल खानुपर्छ तर डाक्टरको सल्लाह बमोजिम मात्र लिनु पर्छ ।

साथमा कोरोना भए नभएको जाँच गराउनु पनि उत्तिकै आवश्यक हुन्छ । कोरोना लाग्यो अब बाचिदैन भनेर डराउनु हुँदैन । यो सबैलाई मार्न नसक्ने कमजोर प्रकृतिको महामारी हो । म आफै शक्तिशाली छु । म यो संक्रमणलाई सहजै परास्त गर्न सक्छु भन्ने आत्मबल राख्नु पर्छ । सकरात्मक सोच र जीवनमा खुसीका क्षण, रमाइलो भएका समयलाई सम्झिनु पर्छ र म चाडै रमाइलो गर्न सक्छु भन्ने कुरा मनमा लिनु पर्छ । यदि तनाव भएमा या डर रहिरहेमा एड्रिनेलिन हर्मोन धेरै उत्पादन हुन्छ । कोर्टिसोन उत्पादन हुन्छ जसले विस्तारै शरीरलाई कमजोर बनाउछ । र हामी मानसिक रुपमा कमजोर भएर रोग बलियो हुन पुग्दा मृत्युसम्म हुन पुग्छ ।

त्यसैले मन बलियो हुनु पर्छ । सकारात्मक सोच हुनु पर्छ । यो समय पनि चाडै कटेर जान्छ र राम्रो समय आउनेछ भन्ने कुरामा ढुक्क हुनुपर्छ । यदि संक्रमितको अवस्था असहज हुदै गएमा, अक्सिजन लेबल घटेमा, सासा फेर्न असहज भएमा पखाला या ज्वरो नियन्त्रणमा नआएमा अस्पताल जानु नै उपयुक्त हुन्छ । अक्सिजन लेबल घट्दै गएमा घोप्टो सुतेर पनि सामान्य अवस्थामा ल्याउन सकिन्छ । घोप्टो सुत्नपूर्व मुटु रोगी, धेरै मोटो मानिस र गर्भवती माहिला या ढाडका गम्भिर विरामी हुन होइनन ख्याल गर्नु पर्छ । माथिको अवस्था भए घोप्टो सुत्नु हुदैन । र घोप्टो सुत्दा पेटको भागमा र छातीको तल्लो भागमा सिरानी राख्नु हुदैन । हिपको भागमा र चिउडाको भागमा सिरानी राखेर घोप्टो सुत्ने र लामो सास तँन्दै छाडदै गरेमा अक्जिन लेवल वढन सक्छ । अस्पतालमा पनि बेड भन्दा धेरै विरामी भएको अवस्था छ र सकेसम्म चिकित्सिकको निरन्तर सल्लाहमा अक्सिजन घरमै राखेर, घोप्टो सुतेर पनि असहज भएमा मात्र अस्पताल जानु उचित हुन्छ । गत असौजमा स्यम स्तम्भकार पनि अस्पतालको अभावमा घरमै बसेर घोप्टो सुतेर सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार गरेर कोरोना मुक्त भएको स्मरण गर्न गराउन चाहन्छु । र सामान्य अवस्थाका र केहि जटिल अवस्थाका कोरोनाका धेरै संक्रमितलाई होमियोप्याथिक औषधी दिएर चाडै निको भएको कुरा यहाँ राख्न चाहन्छु । (लेखक : रीता होमियो क्लिनक सेन्टर दमकका संचालक हुन् )फो. न. ९८४२६२५८७९

Leave a Reply

Your email address will not be published.