विर्तामोड,२१ बैशाख । जिल्लाको शिवसताक्षी ८ का एक कोरोना सङ्क्रमित वृद्धको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको छ ।
७० बर्सिय नरप्रसाद उप्रेतीको उपचारका क्रममा सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको उनका नातेदार प्रदिप उप्रेतीले जानकारी दिए । उप्रेतीलाई पाँच दिन अघि उपचारका लागि काठमाडौबाट हेलिकप्टर मार्फत ल्याइएको थियो । बिएण्डसी अस्पताल अहिले अधिक कोरोना सङ्क्रमितहरुको उपचारका लागि ब्यवस्थित गरिएको अस्पतालमा पर्छ ।
यसैगरि हिजोनै काठमाडौवाट कमल ६ का अर्का एक कोरोना सङ्क्रमितलाई पनि उपचारका लागि हेलिकप्टर मार्फत ल्याइएको छ ।