
दमक ,२० बैशाख । झापाको दमकमा आज थप २७ जना कोरोना संक्रमित भेटिएका छ्न । जिल्ला स्वास्थ्य कार्यालय झापाले दैनिक सार्वजनिक गर्दै आएको सन्क्रमितको तथ्यांकमा ८ महिलासहित कुल २७ नयाँ सङ्क्रमित दमकमा थपिएको उल्लेख छ ।
आज थपिएकाहरु दमकको वडा नम्बर १, २, ४ र ५ का रहेको जनाईएकोछ । हिजो स्वास्थ्य कार्यालयले दमकमा २५ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरेको थियो । तर नगरपालिकाको स्वास्थ्य शाखाले भने आज नयाँ सङ्क्रमित थपिएको जानकारी नरहेको जनाएको छ । हिजो थपिएका भनिएकासहित दमकमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको नगर स्वास्थ्यले जनाएको छ ।
यस्तै, दमक ५ की एक बृद्वाको आज बिहान धरानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस अघि उनको ठेगाना दमक २ भएपनि पछिल्लो वास्तविक ठेगाना दमक ५ भएको खुलेको छ ।