राजीनामापछि एमाले सांसद काँग्रेसमा प्रवेश

काठमाडौं ,२० बैशाख । लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिइएका सांसद पाण्डे ​ सोमबार एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई विपक्षी गठबन्धनमा सम्मिलित दलका नेताहरुले स्वागत गरेका थिए ।

उनलाई काँग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने सहमति भएको बताए ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेर एमाले प्रवेश गरेपछि पदमुक्त भएका चन्द्रबहादुर खड्काको ठाउँमा गठबन्धनको समर्थनबाट उनलाई जिताउने कानौडियाले रातोपाटीलाई बताए ।

Leave a Reply

Your email address will not be published.