गजल


सावित्री गिरी,पोखरा
जिउँनु के हो तिमीलाई भेटेपछि थाहा भयो
धकाइ धकाइ संगै मेलो मेटेपछि थाहा भयो
माया मै छ चरम सुख अनबिज्ञ थिएँ म त
जिन्दगीले अंगालोमा लपेटेपछि थाहा भयो
मुसाफिरलाई कुर्नु पनि ब्यर्थ रैछ भन्ने कुरा
बल्ल आज समयले लखेटेपछि थाहा भयो
काँडा संग संगत गर्न डराउँने दुनियाँलाई
हाँसीहाँसी फूलको धारले रेटेपछि थाहा भयो
५ बैशाख २०७८

Leave a Reply

Your email address will not be published.