
पाँचथर,६ बैशाख । पाँचथर फाल्गुनन्द गाउँपालिका वार्ड न २ ईम्बुङमा स्थापना गरिने १६ औ राष्ट्रिय बिभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्द लिङदेनको शालिकको यहाँ शिलान्यास गरिएको छ ।
शालिक निर्माण उपभोक्ता समितिले आज एक कार्यक्रम गरि शिलान्यास गरिएको अध्यक्ष भिमप्रसाद नेम्बाङले वताए । शालिक राख्न गत गत मङ्सिर १० गते सोही गाउँ निवासी समाजसेवी नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय फाल्गुनन्द शालिक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।
फाल्गुनन्द वार्ड नं २ का अध्यक्ष श्री बहादुर सिङ नेम्बाङ र वार्ड नं ३ का अध्यक्ष सुकबिर नेम्बाङले शालिकको शिलान्यस गरेका हुन् ।
शालिक शिलान्यसका क्रममा द्धय वडाध्यक्षले महागुरु लिङदेन कुनै जाति विशेषको नभई समाज सुधारक भएको औल्याए ।
शालिक इम्बुङका स्थानीय तथा विदेशमा बस्दै आएका बासिन्दाहरुको अगुवाईमा महागुरुको शालिक राख्न लागिएको हो ।
समितिका अध्यक्ष नेम्बाङका अनुसार बैशाख भित्र शालिक स्थापना गर्ने गरि धमाधम काम भईरहेको छ । शालिक इम्बुङको हाङसाङवरक पोखरीको जमिनमा राखिने
र शालिक १३ फिट अग्लो पूर्ण कदको हुने छ ।