फाल्गुनन्द शाकोसको १५ औ बार्षिक साधारणसभामा सम्मान तथा पुरस्कार(फोटोफिचर सहित )

दमक,६ मंसीर । दमक- १ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि १५ औ बार्षिक साधारणसभा तथा बार्षिक उत्सव सम्पन्न गरेको छ ।
दमक -६ स्थित पशुपति मन्दिरको सभाहलमा शनिवार एकीकृत माइन्यूट प्रमाणीकरण गरि औपचारिक रुपमा साधारणसभा सम्पन्न गरेको संस्थाले जनाएको छ ।

जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प ) को अध्यक्षतामा भएको सभामा सहकारीले गत वर्ष संस्थामा उत्कृष्ट कारोबार गर्ने दर्जन बढी शेयर सदस्यहरूसहित तिन जना जेष्ठ सदस्यहरूलाई सम्मान गरेको छ ।
प्रमुख व्यवस्थापक कुवेर तुम्बापोका अनुसार सभामा संस्थाले बचततर्फ उत्कृष्ठ कारोवार गरे वापत उर्मिला समि, रिवाज बानिया, प्रविन दर्लामी, कुनदेवा जबेगु, उज्ज्वल खरेल राजकुमार कुरुम्बाङ ,टेकबहादुर श्रेष्ठ, डेविड कन्दङ्वा, टंकी राजवंशी, तोयानाथ फागो, तिल बहादुर लिम्बू, मुकेश कुमार ठाकुरलाई पुरस्कृत गरिएको थियो ।

यस्तै ,उत्कृष्ट ऋणीतर्फ कमला चाम्लिङ राई ,बेन्जु राई ,शान्तिदेवी भुजेल, निर्मला ढकाल, मन्जिल नेपाल, तेजकुमारी शेर्मा, सिता लिम्बू, प्रकाश खनाललाई सम्मानपत्रका साथ सम्मानित गरिएको थियो । सोहि सभामा जेष्ठ सेयर सदस्यतर्फ युग बहादुर लिम्बूू , पार्वती लिम्बू र धन माया तिलिङलाई नगद, दोसल्ला ओढाउदै सम्मानपत्र प्रदान गरिएको थियो।
यसैगरि, संस्थाले पत्रकारिताका मार्फत सहकारीका क्षेत्रमा कलम चलाएवापत दमकका पत्रकार अनिलदेव राईलाई पुरस्कृत गरिएको थियो ।
सभामा संस्थाका अध्यक्ष संकल्प लिङदेनले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फवाट लेखा संयोजक वीरवहादुर लावतीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले गत कार्तिक ३० गते विर्तामोड , मंसीर २ गते झिलझिले , मंसीर ३ गते उर्लावारी सेवा केन्द्रमा त्यहाँका सेयर सदस्यहरु लक्षित इकाईगत साधारणसभा सम्पन्न गरेको थियो ।
संस्थाकी उपाध्यक्ष फूलकुमारी आङदेम्बेले स्वागत मन्तव्य राखेकी सो सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष कोइराला, विशिष्ट अतिथि जिल्ला सहकारी सङ्घ लेखा समिति झापाका अध्यक्ष चुडामणी ओझाले शुभकामना मन्तव्य राखेका थिए । सभामा सहकारीका पूर्व अध्यक्ष मेहरमान लिङदेन,संस्थाका पदाधिकारी,सदस्य, शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

पत्रकार राईलाई पुरस्कृत गरिदै

ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिदैं

Leave a Reply

Your email address will not be published.