दमक ,२२ भदौं। दमकका पूराना किराना व्यवसायी विष्णु शाहले गत भदौ १० गते रसुवा,नुवाकोट लगायतका क्षेत्रमा आएको बिनासकारी बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु १ लाख बढी रुपैया सहयोग गरेका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्दार कोषमा स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेका बेलापनि मानवीय सहयोगका लागि योगदान पुरयाँउन उनले स्वेच्छिक रुपमा १ लाख १ हजार रुपैया सहयोग दिएका हुन् ।
उक्त सहयोग रकम आजनै उक्त सरकारी कोषमा जम्मा गरिसकेको उनले बताए ।विपद्को समयमा पीडित नागरिकको दुःखमा आफूले सकेको सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै उनले सो सहयोग गरेका हुन्।
बाढीपहिरोले घरबार, व्यवसाय र आफन्त गुमाएका परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता भइरहेका बेला स्थानीय व्यवसायीबाट गरिएको यस्तो सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई थोरै भएपनि सघाउँ पुरयाँउने दमक ७ का वडाध्यक्ष भिम पौडेल बताउँछन् ।
दाता शाहले व्यवसाय केवल नाफाका लागि होइन, समाजप्रतिको जिम्मेवारी पनि हो’ भन्ने भावनालाई व्यवहारमै उतार्दै सो सहयोग उपलव्ध गराएको बताउँछन् ।