‘किराया’को अध्यक्षमा पुनः गणेशबहादुर

झापा,२२ भदौं । किरात राई यायोक्खा झापाको अध्यक्षमा पुनःगणेशबहादुर राई निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न ९ औ झापा जिल्ला अधिवेशनले गणेशबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित जिल्ला कार्यसमितिको उपाध्यक्षमा चिजा राई, सचिवमा गौरीमान राई ,तीन सह–सचिवमा सन्देश राई, सुनिल राई, धनकुमार राई र कोषाध्यक्षमा सन्तोष राई चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा अबिरल राई, मानबहादुर बान्तवा राई, बिमला बान्तवा राई, अर्जुनबहादुर राई, बेनु राई, बद्रीराज राई, मिरन राई र अर्पण राई निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयन गर्न किरात राई यायोक्खाका केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राईको संयोजकत्वमा सदस्यहरु केन्द्रिय सचिव नगेशचन्द्र राई, कोशी प्रदेश अध्यक्ष पारसमणि राई, प्रदेश सचिव राम माण्डुपा राई, जिल्ला सल्लाहकारहरु दिपेनवाला राई, एलडी राई, दिपिन राई, निरबहादुर राई, समर थुलुङ राई तथा निर्वाचन मण्डलका महिला सदस्यहरु अनिता राई र सलिना राई रहेका थिए ।
भदौ २० र २१ गते भएको जिल्ला अधिबेशनको उद्घाटन यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताचो राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.