दमक,२ साउन । करेन्ट लागेर झापामा दुईजनाको मृत्यु भएको छ । कचनकवल र गौरादहमा गरि दुईजना युवकको करेन्ट लागेर ज्यान गएको हो । शुक्रवारराति अन्दाजी ९ बजे कचनकवल गाउँपालिका -३ पाँचबिगे बस्ने २४ वर्षीय कमल गदाइलीलाई आफ्नै बारीमा जंगली हात्ती रोकथामका लागि राखिएको करेन्ट अचानक लागेको थियो । घाइते गदाइलीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
त्यस्तै, गौरादह -६ मा करेन्ट लागेर अर्का युवकको ज्यान गएको छ । बिहीवार साँझ ७.४५ बजे गौरादह -६ बिरवल चोक बस्ने २५ वर्षीय बिनोद शर्माले आफ्नै घरको फलामको स्टेन भएको पंखा चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
घाइतेलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगी डाक्टरले चेकजाँच गर्ने क्रममा राति ८;४५ बजे मृत घोषणा गरेका थिए ।