कार र मोटरसाईकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु

गौरीगञ्ज, २ साउन । झापाको गौरीगञ्जमा कार र मोटरसाईकल एकापसमा ठक्कर खादाँ दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ रतुवामाई -५ गोबिन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३५ वर्षीय एनबी मोजाबुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार दिउँसो १ बजे गौरीगञ्ज -२ कृष्ण खोला छेउस्थित हुलाकी राजमार्गमा पश्चिम बिराटनगरबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ५१०१ नं. को कार र बिपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
ठक्करबाट मोटरसाइकल चालक इस्लामको शुक्रवार दिउँसो २;३७ बजे दमक अस्पताल पु¥याउन साथ मृत्यु भइसकेको थियो । त्यस्तै मोटरसाइकलमा पछाडी सवार मोजाबुल हकलाई न्युरो अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा दिउँसो ३;१३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा प्रहरी टोली खटिएर घाइतेहरुलाई अस्पताल पठाएको थियो ।कार इलाका प्रहरी कार्यालय गौरीगंजले नियन्त्रणमा लिएको छ । कार चालक बिराटनगर -१३ बस्ने ३५ वर्षीय विवेक सिंह पनि घाइते भएको र बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.