दमक ,३० असार । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको आयोजनामा दमकमा रामायण वाचन र कविता वाचनको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।२१३ ओै भानु जयन्तीको अवसर पारेर गरिएको उक्त कार्यक्रममा रामायण वाचनतर्फ सरिता खनाल प्रथम, बिष्णु बराल द्वितिय,त्रिलोचन उप्रेती तृतिय भएका थिए ।
यसरीनै कविता वाचनतर्फ गजेन्द्र घिमीरे प्रथम ,शुशीला अधिकारी द्वितिय, भगवती गिरी तृतिय भएका छन् ।विजेताहरुलाई प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका शिक्षा समितिका अध्यक्ष कुबेर प्रसाद भट्टराईले पुरस्कार बितरण गरेका थिए।पुरस्कारको प्रायोजन कमलप्रसाद दाहालको परिवारबाट गरिएको थियो ।
प्रतियोगिताको मूल्याङ्कन साहित्य कला सङ्गमका पूर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका वडा न८ का शाखा समिति अध्यक्ष ओमप्रसाद खनाल र साहित्यिक व्यक्तित्व गोपाल दाहालको टोलीले गरेको थियो ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।यसरी नै भानुभक्तको जीवनीको बारेमा सल्लाहकार सदस्य कमलप्रसाद दाहालले प्रकाश पारेका थिए ।कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सहसचिव उर्मिला भट्टराईले गरेकी थिईन् ।