मलामीको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

झापा, १ बैशाख । जिल्लाको कन्काई नगरपालिका- ४ कोटीहोममा मलामीको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्याक्टरका सहचालक कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो २ बजेतिर कोटीहोमस्थित पूर्व पश्चिम राजमार्गमा दुर्गापुरबाट माईखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को२त ७४९७ न. को ट्रयाक्टर कुदिरहेको अवस्थामा ट्याक्टरको डालामा सवार सोही टयाक्टरका सहचालक दनुवार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा सोमबारराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.