फुङलिङ, २६ चैत । भ¥याङबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिप्रकाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टा सङ्कर यादवका अनुसार बुधबार दिउँसो करिब ३ः३० बजेको समयमा गुरुङ आफ्नै घरमा भ¥याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्ेका थिए ।लड्दा उनको टाउकोमा गहिरो चोट लागेको थियो । घटना लगत्तै परिवारले उनलाई उद्धार गरी करिब ४ बजे जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि पु¥याएका थिए ।
उपचारको क्रममै बेलुका करिब ८ बजे उनको मृत्यु भएको प्रनि यादवले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।