प्रहरीलाई मापासे जाँच उपकरण हस्तान्तरण

दमक,२५ चैत । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ ।

दमक नगरपालिका कार्यालय परिषरमा आज संक्षिप्त कार्यक्रम गरि मापासे जाँचका लागि ३ थान ब्रेथलाइजर मेसीन र लापासे जाँच गर्न १०० थान किट उपलव्ध गराइएको समाज कल्याण शाखाका अधिकृत केशव प्रसाईले जानकारी दिए ।
ती समाग्रीहरु इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगीना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौंला लगायतले हस्तान्तरण गरे ।

सहयोगी सामाग्री हस्तान्तरण गर्दे नगर प्रमुख थापाले सडक दुर्घटना नियन्त्रण गर्न सडकमा गुड्ने सवारीसाधनहरुको चालकले मादकपदार्थ तथा लागूऔषध प्रयोग गर्ने गरिआएको पाईएपछि त्यसलाई न्यूनीकरण गर्न ती सामाग्रीहरु उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख भट्टराईले मापासे तथा लापासे जाँचका लागि प्रयोग गरिने ब्रेथलाइजर लगायतका आवश्यक सामाग्रीहरुले चेकजाँचमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, प्रनाउ लम्सालले मापासे तथा लापासे जाँचका लागि प्रयोग गरिने ब्रेथलाइजर लगायतका आवश्यक सामाग्रीहरु नहुदाँ चेकजाँच गर्न असुविधा पुगेकाले अव भने थोरै भएपनि चेकजाँच कार्य प्रभावकारी वन्ने चर्चा गरे ।
गत भदौंमा भएको जेनजी आन्दोलनका क्रममा दमकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा आगजनी र लुटपाट हुदाँ त्यहाँका आधा दर्जन बढी ब्रेथलाइजर मेसीन हराउदाँ मापासे र लापासे जाँच कार्य प्रभावित हुदै आएको थियो । प्रहरी तथा ट्राफिक कार्यालयमा एक थान ब्रेथाइजरको सहयताले मापासे चेकजाँच गरिदैआएको थियो ।

Leave a Reply

Your email address will not be published.