खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

इटहरी ,२४ चैत । खेल्ने क्रममा खोलामा डुबेर सोमबार सुनसरीको रामधुनी नगरपालिका–३ स्थित चाइनिज क्वार्टरनजिकै एक जना बालकको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा भोला भनिने देवादिन मियाँको छोरा ३ वर्षीय छोरा आर्यन खान रहेको जिल्ला व्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार झरना खोलाको किनारमा खेल्ने क्रममा अचानक लडेर बालक खोलामा डुबेका थिए । बालकको खोलामा डुवेर मृत्युभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published.