दमक,२० चैत । दमक- ६ स्थित पूरानो सव्जी वजारमा एन्जिला कलेक्सन विहिबार सञ्चालनमा आएको छ ।स्थानीय सामाजिक अगुवा दिपक र एन्जिला बस्नेत दम्पत्तीले शुरु गरेको सो कलेक्सनको पाष्टर सोनाम भुटियाले रिवन काटेर उद्घाटन गरे । कलेक्सन गृहको उद्घाटन गर्दे पाष्टर भुटियाले बस्नेत दम्पत्तीले थालेका यस व्यवसायको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।थोरै नाफासंगै सेवाको भावनाबाट समेत यस व्यवसायले सवैको मन जित्न सफल हुने उनले विश्वास व्यक्त गरे ।
एन्जिला कलेक्सनमा खुद्रा तथा होलसेल मूल्यमै थान तथा रेडिमेड लत्ताकपडाहरु उपलव्ध गराउने सञ्चालिका एन्जिला बस्नेत बताउँछिन् । उद्घाटनका अवसरमा सातादिनसम्म कपडा खरिदमा आर्कषक छुटको व्यवस्था गरिएको उनले बताईन् ।
उनका अनुसार एन्जिला कलेक्सनमा महिला तथा पुरुषका लागि स्वदेशी तथा विदेशी ब्राण्डेड कपडाहरु उपलव्ध हुने छन् । थोरै मुनाफा राखेर शुरु गरिएको उक्त कलेक्सनमा उद्घाटनको पहिलो दिन ठुलो संख्यामा ग्राहकहरुको भिडभाड रहेको थियो ।