गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग

झापा ,१९ चैत। देशकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा ग्रुपले काठमाडौं इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बालबालिकाका लागि सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको ग्रुपले जनाएको छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले किओचका संस्थापक अध्यक्ष डा.भगवान कोइरालाबीच सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा जोडिन पाउँदा गर्व लागेको बताए । बालबालिकाको उपचारलाई सहज र प्रभावकारी बनाउन यस्तो सहकार्य दीर्घकालीन रूपमा जारी रहने उनले विश्वास व्यक्त गरे।

किओचका संस्थापक अध्यक्ष डा.कोइरालाले सहयोगका लागि आभार व्यक्त गर्दै यसबाट हजारौँ बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र देशभर अस्पताल निर्माण अभियानलाई गति मिल्ने बताए ।
हाल सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजनाअन्तर्गत कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा आईसकेको छ ।
किओचले देशभरका बालबालिकालाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । नेपालको औद्योगिकीकरणको अग्रणी इतिहास बोकेको गोल्छा ग्रुपले २० हजारभन्दा बढीलाई रोजगारी दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.