शैक्षिक अगुवा जयबहादुरले ल्याए ‘के दिउँ तिमीलाई’

दमक,१४ चैत । दमकका शैक्षिक अगुवा जयबहादुर श्रेष्ठले ‘के दिउँ तिमीलाई’ नामक कृति वजारमा ल्याएका छन् । दमक- ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय(जेम्स )का सञ्चालक समेत रहेका श्रष्टा श्रेष्ठले पहिलोपटक कृति निकालेका हुन् ।

विद्यालयमा शनिवार आयोजित विशेष कार्यक्रमका बीच कृतिको प्राध्यापक डाक्टर दयाराम श्रेष्ठसहितका अगुवाहरुले सामूहिक रुपमा लोकापर्ण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सागर श्रेष्ठले स्वागत मन्तव्य र कृतिको समीक्षात्मक प्रस्तुति साहित्यकार शिव रेग्मी ‘प्रणत’ ले गरेका थिए । कार्यक्रममा साहित्यकार चन्द्र भण्डारीले मन्तव्य व्यक्त गर्दै कृतिको सिर्जनात्मक पक्षको प्रशंसा गरेका थिए ।
सोहि अवसरमा कृतिकार श्रेष्ठका गुरु समेत रहेका प्रमुख अतिथि प्रा.डा. श्रेष्ठलाई सम्मान गरिएको थियो ।कृतिमा सर्जक श्रेष्ठले आफ्ना सिर्जनाहरूलाई दुई खण्डमा विभाजन गरेका छन्। पहिलो खण्ड गीततर्फ केन्द्रित छ, जसमा १८ वटा गीत समेटिएका छन् भने दोस्रो खण्ड कविता खण्डमा ५२ वटा कविताहरू समावेश गरिएको छ ।

कार्यक्रममा विद्यालयका छात्रहरु साइना न्यौपाने र प्रज्जवल पाठकले कृतिको कविता वाचन गर्नुका साथैं विद्यार्थीहरुले मिठासपूर्ण स्वागत गीत प्रस्तुत गरेका शिक्षक धनकुटा कान्छाले जनाएकाछन् । लामोसमयसम्म स्कूल तथा क्याम्पसमा अध्यापक भएर शैक्षिक क्षेत्रमा पुरयाँएका लेखक श्रेष्ठ शिक्षासंगै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष, दमक प्रज्ञा प्रतिष्ठानका सचिवको जिम्मेवारी सम्हालिआएका छन् । .कार्यक्रममा लेखक श्रेष्ठलाई विद्यालयका शिक्षक तथा कर्मचारीहरुले समेत खादा तथा फूलगुच्छा प्रदान गरेर बधाई तथा शुभकामना दिएका थिए ।
विद्यालयकी सञ्चालक सलुजा श्रेष्ठको अध्यक्षतामा भएको कृति सार्वजनिकरण कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, साहित्यप्रेमी, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

Leave a Reply

Your email address will not be published.