शिवसताक्षीमा चैत्र १६ देखि २२ गतेसम्म मेयर कप हुने

शिवसताक्षी,११ चैत । झापाको शिवसताक्षीमा आगामी चैत्र १६ गतेदेखि २२ गतेसम्म मेयर कप सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा मैदानमा पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईको अध्यक्षता तथा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहम्फेको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरि प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो । अध्यक्ष रिङ्गालुङ राईका अनुसार प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेल सञ्चालन हुने छन् ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७५ हजार, द्वितीयले ४५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन । त्यस्तै भलिबल र तर्फ प्रथमले ४० हजार र, द्वितीयले २५ हजार , क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३१ हजार र भलिबल खेल तर्फ विजेताले ४० हजार उपविजेताले २५ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ ।

मेयर कपमा व्याडमिन्टन सिंगल र डबल, कराँते विधाका समेत खेलहरु समावेश हुने र सबै विधाका उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाईएको छ ।
प्रतियोगितामा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ । क्रिकेट खेल शिवसताक्षी ६ जन आदर्श माविको खेल मैदानमा, कराँते झिलझिलेमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.