दमक,१० चैत । दमक नगरपालिका सहकारी समन्वय समिति पूर्नगठन गरिएको छ । सोमबार मेची सहकारी संस्थाको सभाहलमा सोमबार सम्पन्न सहकारीकर्मीहरुको वृहत भेलाले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम सापकोटाको संयोजकत्वमा ९ सदस्यीय दमक नगरपालिका सहकारी समन्वय समिति गठन गरिएको हो ।
सर्वसम्मत गठित समितिको सह–संयोजकमा अनिता खत्री (नयाँ बाटो बहुद्देश्य सहकारी संस्था लिमिटेड) , सचिवमा प्रेमलाल भण्डारी (हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड) चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा ओममाया आङदेम्बे (सूर्य किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड) , भरत चम्लागाईं ( कन्चनजङ्गा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड) , दीपा अधिकारी (उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड) , नेत्रप्रसाद अधिकारी (कावेली साना किसान कृषि सहकारी संस्था लिमिटेड ) , पुरुषोत्तम खनाल ( डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड ), हरि प्रसाद दाहाल (विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ) चुनिएका छन् ।
झापा जिल्ला सहकारी संघ लिमिटेड झापाको आयोजनामा भएको सो भेलामा दमक भरिका करिव ७१ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघका जिल्ला सदस्य तथा दमक पालिका इन्चार्ज पदम लिङदेन लिम्बू (संकल्प) को अध्यक्षतामा तथा नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको भेलामा नगरपालिकाको सहकारी बिभाग प्रमुख इच्चाराम चौलागाईं ,संघका जिल्ला अध्यक्ष प्रेमकुमार कोइराला, उपाध्यक्ष नारायण प्रसाद भट्टराई, सचिव भवानीप्रसाद दंगाल,कोषाध्यक्ष केशव बस्नेत, सदस्यहरु नारायण प्रसाद गौतम, पुष्पा अधिकारी, संगीता गजुरेल, युवराज गौतम, लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणि ओझा, लेखा सदस्य मिलन आचार्य,व्यवस्थापक सन्जु देवान लगायतको उपस्थिति रहेको थियो ।