दमक,७ चैत । दमक -१० सेतुमारीस्थित सगरमाथा आधारभुत बिद्यालयमा दुई जना दाताले अक्षय कोषको स्थापना गरिदिएका छन् । मेचीनगर नगरपालिका- ७ निवासी चक्र बहादुर जोशी र दमक ८ निवासी शंकरदेब ढुङानाको परिवारले आफ्ना पितृहरुको स्मृतिमा करिब रु ३ लाख रुपिया राशीको छुट्टाछुट्टै अक्षय कोष स्थापना गरिदिएका हुन्।
दाता चक्रबहादुर र धनमाया जोशीका परिवारले दिवगत आफ्ना छोरा केदार र नाति निलम जोशीको स्मृतिमा रु १ लाख १५ हजार १ सय ५५ र अर्का दाता दमक ८ निवासी शंकरदेब तथा दुर्गादेबी ढुंगानाको परिवारले आफ्ना स्वर्गीय पिता, माता प्रेमप्रसाद र उमादेबी ढुङानाको स्मृतिमा रु १ लाख ११ हजा १ सय ११ रुपिया राशीको अक्षयकोष स्थापना गरिदिएको प्रधानाध्यापक हेमराज ढकालले जानकारी दिए ।
उनले उक्तकोषको ब्याजबाट हरेक बर्ष उत्कृष्ठ ,जेहेन्दार र बिपन्न बिद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृति बितरण गरिने बताए ।
अक्षयकोष स्थापना सार्वजनिकरण कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतका वक्ताहरुले दाता परिवारबाट स्थापना गरिएको अक्षयकोषले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिमा सहयोग पुग्ने औल्याएका छन् ।