दमक ,१ चैत । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले यसवर्ष पनि खुला रक्तदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सामाजिक कार्यक्रम अन्र्तगत संस्थाले यहि चैत ७ गते शनिवार वृहत खुला रक्तदान आयोजना गर्ने भएको संस्थाले जनाएको छ । विहान ८ वजेदेखि शुरु हुने रक्तदान संस्थाको आफनै कार्यालय परिषरमा हुने संस्थाका अध्यक्ष लछुदास राईले बताए ।
उनका अनुसार संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत खुला रक्तदान गरिआएको छ । रक्तदान सफल बनाउन संस्थाले आवश्यक तयारी तीव्र पारिएको सचिव दिपेनवाला राईले बताए । उनले रक्तदानमा सहभागिताका लागि सवै शेयर सदस्य तथा शुभेच्छुकहरुलाई अनुरोध गरेका छन् ।संस्थाले विगत दुई दशक यता बर्षेनी रक्तदान जीवनदान भन्ने सन्देसका साथ रक्तदान सञ्चालन गरिआएको छ ।
रक्तदान दमकस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको प्राविधिक सहयोगमा हुने छ । २६ वर्ष अघि स्थापना भएको उक्त सहकारी संस्थाले इलामको चुलाचुली र मोरङको पथरीशनिश्चरेमा हालै मात्र सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।