झापामा कांग्रेसको कसैसंग तालमेल छैन् – कांग्रेस

दमक,१५ फागुन । नेपाली कांग्रेस झापाका कार्यवहाक सभापति शेरवहादुर भट्टराईले झापामा कांग्रेसको कुनै पार्टीको तालमेल नभएको स्पष्ट पारेका छन् ।दमकमा क्षेत्रीय निर्वाचन सूचना तथा सञ्चार प्रचार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न सामाजिक सञ्जालमा आएको गलत समाचार प्रति उनले आपत्ति जनाए । कांग्रेसको कुनै पार्टीसंग तालमेल नभएको भन्दै उनले त्यस्ता अनर्गल ,भ्रमित समाचारको विश्वासमा नपर्न पनि अनुरोध गरे ।
केहि अनलाइन न्यूज पोर्टलमा कांग्रेस र एमालेवीच झापा ५ मा तालमेल भएको भन्ने गलत सूचना आएपछि पार्टीले खण्डनसहितको आफनो धारणा राखेको हो ।
देशभरिका सवै निर्वाचन क्षेत्रमा कुनै पार्टीसंग तालमेल नभएको भन्दै कार्यवहाक सभापति भट्टराईले आम कार्यकर्ताहरु, झापावासीहरु भ्रममा नपरी कांग्रेसका सवै उम्मेदवारहरुलाई जिताउन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.