पूर्वाञ्चल मन्टेश्वरीले विभिन्न कार्यक्रम गरि मनायो १४ औं बार्षिकोत्सव

दमक,१० फागुन । दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले विभिन्न कार्यक्रम गरि आफनो १४ औं बार्षिकोत्सव मनाएको छ ।आइतवार स्कूल परिषरमा आयोजित बार्षिकोत्सवमा विद्यार्थीहरुद्धारा गीत,नृत्य, नाटक प्रस्तुत गर्नुका साथैं गत शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

स्कूलकी अध्यक्ष समेत प्रिन्सीपल सविता पोख्रेलको अध्यक्षता तथा दमक- ८ का वडाअध्यक्ष दिपेश दहालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्ले गु्रपदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुले एकल , सामूहिक गीत,नृत्य तथा राई जातिको मनोरजनात्मक साकेला सिली प्रस्तुत गरिनुका साथैं प्रवासीको पीडा झल्काउने नाटक मञ्चन गरिएको थियो । साथैं, शिक्षिकाहरुले दमदार आर्कषक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

स्कूलकी शिक्षक रेश्मा लिम्बूले स्वागत मन्तव्य राखेकी सो कार्यक्रममा अभिभावक तथा शैक्षिक अगुवाहरुले यस पूर्वाञ्चल मन्टेश्वरी स्कूलले शैक्षिक क्षेत्रमा पुरयाँएको योगदानको चर्चा गरेका थिए ।

स्कूलका निर्देशक माधव भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा वडाअध्यक्ष दहाल, टंक पाठक,प्रेम दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोहि अवसरमा गत शैक्षिक सत्रमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, स्कूलले कार्यक्रम सफल बनाउन सहयोग पुरयाँउने अभिभावक तथा अतिथिहरुलाई समेत मायाको चिनो प्रदान गरेका थिए ।

स्कूलमा पूर्वाञ्चल सिङ्गिङ स्टार
यस स्कूलमा पहिलोपटक पूर्वाञ्चल सिङ्गिङ स्टार भव्यताका साथ सम्पन्न भएको छ । स्कूलमा आयोजित सो कार्यक्रममा सहभागि विद्यार्थीहरुको रोमाञ्चक ऊर्जा आत्मविश्वास, जोश र हृदयस्पर्शी आवाजले कार्यक्रम गुञ्जायमान बनाएको थियो ।

स्कुलका निर्देशक माधब भटटराइले बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न स्कूलले विभिन्न कार्यक्रम गरिआएको जानकारी दिए । सोहि अवसरमा प्ले ग्रुपदेखि उच्चतम अंक ल्याउने बिद्यार्थीहरुको सम्मानमा ग्रेजुयसन कार्यक्रम आयोजना गरि भव्य रुपले सम्पन्न गरिएको प्रिन्सीपल सविता पोख्रेल भट्टराईले बताईन् ।

Leave a Reply

Your email address will not be published.