दमक तेक्वान्दो डोजाङका तीन खेलाडीले जिते ‘अन्तराष्ट्रिय पदक’

दमक ,१० फागुन । दमक तेक्वान्दो डोजाङका तीन खेलाडीले अन्तराष्ट्रिय पदक जितेका छन् ।  काठमाण्डौमा फागुन ७ देखि ९ गते सम्पन्न चौथो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय प्रतियोगितामा दमकको उक्त डोजाङले एक रजत र दुई कास्य पदक जित्न सफल भएको हो ।

डोजाङका अध्यक्ष तथा दमक नगरपालिका खेलकुद विकास समितिका सदस्य जितु धिमालका अनुसार डोजाङका ५३ केजी तौल समूहबाट प्रतिष्पर्धा गरेका रोहित गुरागाईले रजत पदक जिते भने ४१ केजी तौल समूहबाट प्रतिष्पर्धी गरेका शुभम अधिकारी र ५७ केजी तौल समूहवाट आयुस धिमालले काँस्य पदक जितेका छन् ।
डोजाङका प्रशिक्षकद्धय कपिल धिमाल र प्रतिमा तामाङको नेतृत्वमा दमक तेक्वान्दो डोजाङका ८ जना खेलाडीले सहभागिता जनाएका थिए ।

डोजाङ स्थापना भएको करिव डेढ बर्षको अवधिमा पहिलोपटक यस किसिमको अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि भई यो सफलता पाएको अध्यक्ष धिमालले बताए । धिमाललका अनुसार यस डोजाङले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो।
नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा भएको सो प्रतियोगितामा नेपाल, भारतसहित  सार्क देशहरु, एशिया तथा यूरोप लगायतका विभिन्न २३ देशका २ हजार बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published.