दमक,८ फागुन । रगतको अभाव भईरहेको बेला दमकमा शुक्रवार आयोजना गरिएको खुला रक्तदानमा १०५ पिन्ट रगत संकलन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय दमकको आयोजना तथा लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको सहकार्यमा भएको खुला रक्तदानमा १०५ पिन्ट रगत संकलन भएको हो ।
रक्तदानमा प्रहरीहरु,निर्वाचन प्रहरीहरु,लायन्सकर्मी तथा सर्वसाधारणहरुले रगतदान गरेका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो सो कार्यक्रममा सहभागि रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।